Logo

प्रमुख समाचार

पशुपति शर्माले राष्ट्रपति र प्रधानमन्त्रीलाई यसरी दिए चेतावनी (भिडियोसहित)



चर्चित लोक गायक पशुपति शर्माले आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको भावनामा ठेस पुग्नेगरि गीत नलेखेको स्पष्ट पारेका छन् ।

यद्धपी उनले राष्ट्रपति भण्डारीलाई किन चाहियो ? डेढ अर्वको हेलिकप्टर भनेर जनताले आलोचना गरेकोले आफूले गीतमा कुरा उठाएको सुनाए । पछिल्लो समय विवादित बनिरहेको गीत ‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युबबाट हटाएपनि उनले पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । शर्माले आफूले आग्रह पूर्वाग्रह भएर गित नगाएको स्पष्ट पारेका छन् ।

आफू कुनै पनि दलमा आवद्ध नभएको दावी गर्दै उनले सत्तारुढ दल नेकपाका कार्यकर्ताले लगाएको आरोपको खण्डन गरे । आफूले विगतदेखि नै देश र जनताको पक्षमा गित गाउँने गरेको बताउँदै शर्माले स्वर्ग जस्तो देशमा ईन्द्रको शाषन नाभएकाले यमराजको संज्ञा दिएको स्पष्ट पारे ।

प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम “जनता जान्न चाहन्छन्” ऋषि धमलासँग कुरा गर्दै शर्माले प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो गित सेन्सर नगरी पुनः युटुबमा अपलोड गर्ने वातावरण बनाईदिनेमा आशा गरेका छन् ।

शर्माले आफ्नो गितका कारण राष्ट्रपतिको गरिमामा ठेस पुगेको भए क्षमा माग्ने बताए । “गल्ती भए क्षमा चाहन्छु । तर मैले पाप गरेको छैन ।” शर्माले भने । आफ्नो गितले श्रोता र दर्शकलाई मनोरञ्जन मात्रै नदिई सरकार चलाउनेलाई सगज पनि गराएको शर्माको जिकिर छ ।

शर्माले सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि गित युट्युबबाट हटाएका थिए । गीत भाइरल भएपछि नेकपासम्बद्ध कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए । त्यतिमात्रै होइन युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो ।

कार्यकर्ताहरूको आक्रोशबाट आत्तिएका गायक शर्माले शनिबार साँझ गीतमा प्रयोग भएका केही शब्दमा विवाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका हुन् ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ४ : १२ बजे