पूर्वराजा ज्ञानेन्द्र शाहले आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नपाएको दाबी गरेका छन् । सोमबार ६९ औं प्रजातान्त्रिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।
शाहले भनेका छन्,‘हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।’
प्रतिक्रिया