Logo

अर्थ

प्रधानमन्त्री राहत कोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग



काठमाडाैं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि काठमाडौं सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख १७ हजार पाँच सय रुपैयाँ जम्मा गरेको छ।

संस्थाको तर्फबाट पाँच लाख तथा बाँकी रकम संस्थाका सञ्चालकको तर्फबाट जम्मा गरिएको संस्थाले जनाएको छ। सहकारीले बाढीमा ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ।

घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संस्थाले उद्धार कार्यमा खटिएका सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार ११:५६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।