Logo

राजनीति

नेपालीले पर्खिरहेको विकास र समृद्धिको चाहाना पूराहुने विन्दूमा छ : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको दशकौं देखिको विकास र समृद्धिको चाहना पूरा हुने विन्दूमा आइपुगेको बताएका छन् । ६९ औं प्रजातन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको बताएका छन् ‘निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै हामी अब गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासकाविरुद्ध केन्द्रित भएका छौं’ प्रधानमन्त्रीकोसन्देशमा भनिएको छ। ‘हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौं ।’

२००७ साल फागुनमा आजकै दिन जहाँनिया राणा शासनको अन्त्य भएको स्मरण गर्दै उनले प्रजातन्त्र प्राप्तिको शाहदत प्राप्त गर्ने सबैमा श्रद्धान्जलि व्यक्त गरेका छन् । जनताको त्यही बलिदानका कारण देश अहिले नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यासमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार  ४ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।