Logo

अटो

ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरीका लागि जीडब्ल्यूएम नेपाल तयार, कोरला नाकाबाट ढुवानी सुरु



काठमाडौं । नेपालमा जीडब्ल्यूएमका विद्युतीय सवारीप्रति ग्राहकको चासो बढिरहेका बेला आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि कम्पनीले सवारीसाधन ढुवानीका लागि वैकल्पिक रूपमा कोरला नाका प्रयोग गरेको जनाएको छ। सडक अवरोधका बाबजुद बुकिङ गरेका ग्राहकसम्म सवारीसाधन पुर्‍याउन यसले सहज भएको कम्पनीको भनाइ छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभी जीडब्ल्यूएमको ओरा ५ पछि नेपाली बजारमा आएको दोस्रो पूर्ण विद्युतीय एसयूभी हो। कम्पनीले यसको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको थियो।

ओरा ५ र जोलियन म्याक्स ईभी दुवैप्रति ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको भीजी इम्पेक्सले जनाएको छ। नयाँ पुस्ताको डिजाइन, विद्युतीय प्रविधि र प्रिमियम एसयूभी सेगमेन्टका कारण यी मोडलमा ग्राहकको चासो बढेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार प्राप्त बुकिङहरू क्रमशः प्रशोधन भइरहेको छ। डेलिभरीको समयतालिकाबारे थप जानकारी चाँडै सार्वजनिक गरिनेछ।

जीडब्ल्यूएम नेपालले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै प्रिमियम तथा लक्जरी सेगमेन्टका थप मोडल ल्याउने तयारी गरिरहेको जनाएको छ।

नयाँ मोडलमार्फत विश्व बजारमा उपलब्ध आधुनिक तथा विद्युतीय प्रविधियुक्त सवारीसाधन नेपाली ग्राहकलाई उपलब्ध गराउने कम्पनीको लक्ष्य छ।

 

 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार १८:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।