काठमाडौं । एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईसी एसिया इक्विटी अपर्चुनिटी फन्ड’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
फन्डका प्रतिइकाइ १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ नेप्सेमा सूचीकृत भएका हुन्। सूचीकृत भएसँगै अब उक्त फन्डका इकाइ दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुनेछन्।
उक्त म्युचुअल फन्डको कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक र योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल रहेका छन्।





















प्रतिक्रिया