स्याङ्जा जिल्लामा जन्मिनुभई लामो समय नेपालको प्रशासनिक क्षेत्रमा संलग्न रहेर विभिन्न सरकारी निकायमा कार्यरत रहनुभएका दुर्गादत्त ढकालले लामो समय नेपालमा गृह मन्त्रालय मातहतका निकायहरुमा रहेर कुशलता पूर्वक गरिसक्नु भएको छ ।
अर्थशास्त्रमा स्नातक तह र जनप्रशासनमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएका ऊहाँले कानुनमा स्नातक तहको समेत अध्ययन गर्नुभएको छ । नेपाल सरकार अन्तरगत नै करिब ३५ बर्ष अनुभव समेट्नुभएका ढकाल हाल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) मा कार्यकारी निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँको आगमन पश्चात नाथम प्रगतिको बाटोतर्फ उन्मूख भएको कुरा पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
काम गर्नको लागि अनुभव नै ठूलो कुरा हो
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले सञ्चालन गर्दै आएका कार्यक्रमहरुको निरन्तरता, नयाँ कार्यक्रमहरुको बारेमा अध्ययन -अनुसन्धान, नाथमका कार्यक्रमहरुलाई प्रभावकारी ढङ्गले विस्तार गर्ने, पुर्वाधार निर्माण लगायतका कुराहरुलाई विशेष प्राथमिकताको साथ अघी बढाउने लगायतमा जोड दिनुभएको छ ।
आजको नाथम हिजोको जस्तो ढङ्गले अघि बड्दैन्
आजको नाथम हिजोको जस्तो ढङ्गले अघि नबड्ने कुरामा ढकालको विभिन्न खालको सुक्ष्म अध्ययन अध्यापनले देखाउँदछ । वास्तवमा नै भन्ने हो भने नाथममा कुनै पनि खालको विवादरहित नाथम आजको आवश्यकता भएको कारण आज विभिन्न खालको दुसप्रयासबाट नाथमको शिर उच्च बनाउनकै निम्ति म लागि परेको छु, यो प्रतिष्ठित संस्थामा मेरो कुनै व्यक्तिगत लोभ लालचा नभएको कुरा ढकाल प्रष्ठसँगले निधक्क भएर बताउनुहुन्छ । आज म आयपश्चात नाथमले विभिन्न खालको मुहार फेर्दै केही रुपमा नै राम्रो कामहरु हुँदै आएको छ, त्यो कुरा सबै विद्यार्थी र तमाम शिक्षक शिक्षिकाहरुका बिचमा अवगत र्नै रहेको छ । यो विषयमा म कसैको सामु डराउनु र लुक्नु नपर्ने कुरामा आफू विश्वस्त रहेको कुरा ढकालले बताए । आफू अवरात्र के कसरी नाथममा समग्र विद्यार्थीहरुका हरेक खालका पठनपाठनहरुलाई के कसरी राम्रो र व्यवस्थित बनाउन सकिन्छ भनेर अवरात्र लागिपरेको कुरा समेत ढकालले बताए ।
नेपालमा प्रयोगमा आधारित शैक्षिक कार्यक्रमहरु
नेपालमा प्रयोगमा आधारित शैक्षिक कार्यक्रमहरु सञ्चालनमा हाल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले विशेष जोड दिँदै आएको छ । यस संस्थाबाट अध्ययन गरेका विद्यार्थीहरु अहिले स्वदेश तथा विदेशमा विभिन्न प्रतिष्ठित स्थानमा पुग्न सफल छन् । आफैं उद्यमी बन्न चाहनेहरुको निम्ति समेत ठूलो सङ्ख्यामा यस संस्थाका विद्यार्थीहरु सफल भएका छन् । यस अर्थमा पनि नाथमलाई विभिन्न खालको संगठनको मागि खाने भाडो र विभिन्न खालको दुख कष्ट दिने प्रथाबाट टाढा हुनु पर्दछ, अनि मात्रा नाथमले आफ्ना योजनाहरुलाई व्यवहारीक रुपमा अघि बढाउन सक्छ ।
संस्थागत सुधारमा मेरो ध्यान :
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा ढकालले नेतृत्व लिएपश्चात् यस बर्ष विगतका अध्ययन हुँदै आएको शैक्षिक कोटा बढाएर थप सङ्ख्यामा विद्यार्थीहरुले अध्ययन गर्न सक्ने व्यवस्था मिलाईएको छ । व्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टमा विगतमा १ सय २० विद्यार्थीले अध्ययन गर्दै आएकोमा यस बर्ष १ सय ६० पु¥याइएको छ । पछिल्लो समय शुरु गरिएको भवन निर्माण कार्य समेत सम्पन्न हुने क्रममा छ । संस्थागत सुधार लगायतमा समेत हाल विशेष जोड दिइएको छ ।
उपलब्लिमूलक कार्यक्रमहरुका लागि पहिलो प्राथमिकता दिनुपर्छ :
हाल यस प्रतिष्ठान अन्तरगत ट्राभल, टुर गाईड, ट्रेकिङ, ट्रेकिङ गाइड लगायतका तालिमहरु सञ्चालनन हुँदै आएका छन् । होटल व्यवस्थापन अन्तरगत साना होटल एण्ड लज म्यानेजमेन्ट ट्रेकिङ, वेसिक कुक ट्रेकिङ, वेसिक वेटर टे«निङ लगायतका कार्यक्रमहरु सञ्चालन हुँदैं आएका छन् । यसैगरी यस संस्थाले कुकिङ तर्फ इण्डियन, चाइनिज लगायतका कुक तालिम, वरिस्ता (कफी मेकिङ) तालिम, वेकरी तालिम लगायत सञ्चालन गरिरहेको छ ।
शैक्षिक कार्यक्रमहरु विस्तारमा गुरु योजना :
नाथमका कार्यकारी निर्देशक ढकाल भन्नुहुन्छ, ‘अहिले हामीले नेपालको यस पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले अबलम्बन गर्ने कार्यक्रमहरुलाई आवश्यकता अनुसार ७ ओटै प्रदेश मार्फत देशका सबै क्षेत्रमा विस्तार गर्ने योजनाको साथ काम अघी बढाउने योजनामा छौं । यस क्रममा नाथमले समेत आफ्नो दायरालाई फराकिलो बनाउँदै नेपालमा सन् २०२० मा भित्रन लागेका २० लाख पर्यटकहरुलाई गुणस्तरीय सेवा दिन सकियोस् भन्ने मान्यता बमोजिम पर्यटन तथा होटल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनमा थप सशक्त तवरले लागिरहेको छ । कायम गर्नको निम्ति महत्वपूर्ण काम गर्न सकुन् भन्नेमा नाथम नेतृत्व सचेत देखिन्छ ।
खासगरी स्थानीय बजारमा उपयुक्त हुने कार्यक्रमहरु (गाउँघरमा होमस्टे र शहरी क्षेत्रमा चिनियाँ भाषा लगायत) उक्त क्षेत्रमा आवश्यक रहेको प्रदेश प्रमुखले बताउनुभएको अवस्थामा अब नाथम सोही बमोजिम विभिन्न गतिविधिहरु सहित अघी बढ्न लागेको छ ।
प्रतिक्रिया