पक्राउ पर्नेमा भारतको कर्नाटक, बैंग्लोरका जगदीशमोहन राव रहेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी नेपाल वायुसेवा निगमको आरए–२२५ उडानमार्फत काठमाडौं हुँदै बैंग्लोर जान लागेका थिए।
विमानस्थलको ब्यागेज चेकिङ क्षेत्रमा एक्सरेमार्फत सामान जाँच गर्ने क्रममा प्रहरीले रावलाई नियन्त्रणमा लिएको हो। जाँचका क्रममा उनको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ ६ लाख ३५ हजार, चिनियाँ युआन ६३५, हङकङ डलर १०, भियतनामी डोङ ११ लाख ८६ हजार र थाइल्यान्डको भाट १७० बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए।
प्रहरीका अनुसार रावले विदेशी मुद्रा अवैध रूपमा लुकाइछिपाइ लैजान खोजेको अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका रावलाई थप अनुसन्धान तथा प्रचलित कानुनअनुसार कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
















प्रतिक्रिया