काठमाडौं । सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठकमा उपस्थित भएर निस्किने क्रममा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ ।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहले राखेको बैठकमा हिजो तामाङ पनि सहभागी भएका थिए र बैठकलगत्तै उनलाई सिंहदरबारबाटै पक्राउ गरिएको थियो ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसरले अनुसन्धान सकेर ३ करोड ४ लाखको बैंकिङ कसुरको मुद्दा सरकारी वकिल कार्यालयमा पेश गरिसकेको छ ।
परिसर काठमाडौंले नै १ करोड ३ लाख ३० हजारको अर्को मुद्दा पनि सरकारी वकिल कार्यालयमा पठाइसकेको छ ।
४८ लाखको एउटा र ९५ लाखको अर्को गरी दुई वटा बैंकिङ कुसुर मुद्दाको पनि मिसिल पेश भइसकेको छ । २ करोड ५६ लाखको ठगी कसुरको मुद्दा पनि परिसर काठमाडौंबाट सरकारी वकिल कार्यालयमा गइसकेको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले बताए ।
त्यस्तै परिसर भक्तपुरमा २ लाखको, प्रहरी र्वत्त जनसेवामा ७५ लाखको, प्रहरी वृत्त दरबारमार्गमा ५ लाख २५ हजारको, वृत्त लैनचौरमा १९ लाख ८० हजारको र वृत्त महराजगञ्जमा पनि बैंकिङ कसुरको मुद्दा दर्ता रहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया