काठमाडौं । सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।
न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा, काज, नयाँ नियुक्ति तथा पदस्थापनको सिफारिस गरेको हो ।
परिषद्को निर्णयअनुसार पोखरेललाई उच्च अदालत सुर्खेत, बेल्बासेलाई उच्च अदालत जनकपुर र सिंहलाई उच्च अदालत विराटनगरको न्यायाधीश पदमा नियुक्ति तथा पदस्थापनको सिफारिस गरिएको छ ।
त्यसैगरी उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज), मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुर र रितेन्द्र थापालाई उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज) सरुवा सिफारिस गरिएको छ ।
साथै न्यायाधीशहरू नातिबाबु लामिछाने, गोकर्ण डाँगी, शकुन्तला घिमिरे र अर्जुन अधिकारीलाई विभिन्न अदालतमा काज सिफारिस गरिएको छ ।
जिल्ला अदालततर्फ किशोर घिमिरे, दीपक ढकाल, सन्तोषप्रसाद पराजुली लगायत १५ जना न्यायाधीशहरूको सरुवा सिफारिस भएको छ ।
सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई भने नयाँ जिल्ला न्यायाधीश पदमा नियुक्त गरी कैलाली जिल्ला अदालतमा पदस्थापन गर्न सिफारिस गरिएको छ ।















प्रतिक्रिया