Logo

अर्थ

सिन्धुलीका सामुदायिक वनद्वारा प्रधानमन्त्री राहत कोषमा ९ लाख २९ हजार सहयोग



रामेछाप । सिन्धुलीका ३९ वटा सामुदायिक वन उपभोक्ता समूहले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ लाख २९ हजार ३५६ रुपैयाँ सहयोग गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समूहहरूले स्वैच्छिक रूपमा संकलन गरेको उक्त रकम मंगलबार सिन्धुलीमाडीमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठका अनुसार भदौ १० गते आएको भीषण बाढीबाट ठुलो जनधनको क्षति भएपछि विपद् प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहहरूबाट स्वैच्छिक रूपमा रकम संकलन गरिएको हो ।

उनले प्राकृतिक विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसमेत भएकाले सामुदायिक वन उपभोक्ता समूहहरूले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरेको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार ०९:५७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।