Logo

बिजनेस

काभ्रेमा मौलाउदै गुण्डागर्दी, बिना लगानी शेयर माग्दै काममा अबरोध



तेमाल गाँउपालिकाले सुनकोशी बगरमा लगाएको टेण्डरमा व्यवसायीले काम गर्न नपाएको गुनासो गरेका छन् । तेमाल गाँउपालिकाले तीन करोड रुपैयामा लगाएको टेण्डरमा स्थानीय युवाहरुले लगानी बिनानै भाग खोजेपछि ठेकेदारले काम गर्न नसकेको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् ।

काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ चुखावेसी र वडा नं.३ को चिउरी आँपबगरमा बालुवा उत्खननेकाे अधिकार पाए पनि स्थानीयको अवरोधको कारण आफूहरुले काम गर्न नपाएको बताएका हुन् । दुवाकोट कन्सट्रक्सन एंव सालिनदी निर्माण सेवा प्रालीका अख्तियारी संचालक सत्यमान लामाले निर्वाध रुपमा काम गर्न पाँउ भन्दै पत्रकार सम्मेलनको आयोजना गरेर करोडौ रुपैया लगानी भैसकेकाले काम गर्ने वातावरण सृजना गरिदिन अनुरोध गरेका छन् ।

मंगलवार बनेपाको होटल सत्यममा पत्रकार सम्मेलनको आयोजना गरेर व्यवसायी लामाले आफ्नो लगानीको सुरक्षा गरि काम गर्ने वातावरण बनाउन स्थानीय सरकार र सरोकारवालाहरुसँग अनुरोध गरेका छन् । तेमाल गाउँपालिकाले मिति २०७५ साल मंसिर ८ गते राष्ट्रिय दैनिक पत्रिका अन्नपूर्ण पोष्टमा निकालिएको बालुवा, ग्रावेल एवं बिक्रि शुल्क संकलन गर्नको लागि टेण्डर निकालिएको थियो ।

तेमाल गाउँपालिका वडा नं. २ को चुखावेंसी बगर र तेमाल गाउँपालिका वडा नं. ३ चिउरी आँप बगरको बालुवा, ग्रावेल संकल एवं विक्रि शुल्क संकलन गर्नका लागि तेमाल गाउँपालिकासँग मिति २०७५ साल माघ ६ गते देखि काम गर्नका लागि पहिलो पक्ष तेमाल गाउँपालिका र लामाको कम्पनी बीचमा संझौता भएको लामाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

व्यवसायी लामाका अनुसार स्थानीय केही व्यक्तिहरुले विना लगानी शेयर मागेको र नदिएकोले काममा अबरोध गरेको दुखेसो पोखे । ‘अहिलेको समयमा पनि केही विगतमा बालुला अनाधिकृत रुपमा निकाल्ने केही व्यक्तिहरुले हामीलाई विना लगानी शेयर चाहियो भन्दै काम रोक्ने काम भएको छ ।’ लामाले भने, ‘कानूनी रुपमा नेपाल सरकारलाई फाइता हुने टेण्डरबाट काम गर्न खोज्दा केही व्यक्तहरुले काम नै अवरोध हुने तरिकाले अवरोध गरिहेकाछन् ।’

उनका अनुसार विना लगानी शेयर माग्ने स्थानीयहरुमा तेमाल गाउँपलिाका वडा नं. २ बस्नेत रेशम तामाङ, बुद्ध लामा, कृष्ण लामा र तेमाल गाउँपालिका वडा नं. ३ बस्ने चन्द्रमान लामा, प्रेम तामाङ, मेघबहादुर लामा र तेमाल गाउँपलिका वडा नं. ६ बस्ने डेनी भन्ने टेन्सन लामा लगायतका रहेको आरोप लगाएका छन् ।

‘उनीहरुले कानुनी प्रक्रियामा टेण्डरमा आएको हाम्रो कम्पनीका कामदारहरुलाई काम नै अवरोध गराउने र कामलाई नै रोक्ने काम भइरहेको अवगत गराउँदछु ।’ उनले भने, ‘कानुनी प्रक्रिया अनुसार काम गर्न खोजिएमा हामी जस्ता धेरै व्यवसायीहरुलाई यस्ता विना लगानी, बलको तुजुक देखाएर तर्साउन खोज्ने व्यक्तिहरुलाई छिटोभन्दा छिटो कानुनी प्रक्रियामा लगेर कार्वाही गर्नका लागि पनि सम्बन्धित निकायसँग जोडदार माग गर्दछु ।’ गुण्डागर्दी शैलीमा शेयर माग गर्न खोज्नेहरुलाई हदैसम्मको कार्वाही हुनुपर्ने उनको तर्क छ ।

मंगलवारनै लामाले जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रशासन कार्यालय काभ्रेमा काम गर्ने वातावरण सृजना गरि पाँउ भनेर निवेदन पेश गरेका छन् । नदीवाट नदीजन्य सामाग्री उत्खनन् गर्ने यो नै सिजन भएकाले यो समयमा अवरोध हुदा आफ्नो करोडौ रुपैया डुब्ने भएकाले काम गर्ने अवसर दिनु पर्ने लामाले बताए ।

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  ११ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।