नेपाली कांग्रेसले भातृ सङ्गठन नेबिसंघ बिघठन गरेसगै नेबिसंघकाे नेतृत्वमा आउन चाहने आकांक्षीहरु धेरै देखिन थालेका छन् ।अब बस्ने कांग्रेसको केन्द्रिय समिती बैठकले नेबिसंघको नेतृत्व बारेमा निर्णय गर्ने सम्भाबना बढे सगै नेतृत्वका आकांक्षीहरुको दौड्धुप पनि पछिल्लो समय बढी रहेको छ ।
यसैबीच नेबिसंघ पोखरा बिश्वबिधालय केन्द्रिय समन्वय समितिकी सह सम्योजक इन्जिनियर बिध्या बरालले पनि नेबिसंघको नेतृत्वमा दाबी गरेकी छन् ।
आफु नेबिसंघको नेतृत्वमा आउन चाहेको र यस बारेमा पार्टिका प्राय सबै नेताहरुसंग कुरा गरेको छु ‘पार्टिले जे जिम्मेवारी दिन्छ त्यसलाई इमान्दारिका साथ निर्बाह गर्छु’ उनले अनलाईनपाना डटकमलाई बताइन् ।
स्कुल जीवन देखी नै नेबिसंघमा सम्लग्न भएर राजनीतिमा सक्रिय बराल लुम्बिनी इन्जिनियरीङ कलेजकी पूर्व स्वबियु सदस्य समेत हुन् ।
स्कुल र कलेज देखी नै बिधार्थी राजनिती र आन्दोलनमा सकृय रहदै पेशाले इन्जिनियर रहेकी बराल हाल नेबिसंघ पोखरा बिश्वबिधालय केन्द्रिय समन्वय समितिको सह संयोजक रहेकी छन्।
उनी पढाइ र राजनिती संगै सचेतना नेपाल संस्था मार्फत समाज सेवामा समेत सक्रिय छन् भने त्यस संग संगै मोडलिङमा समेत रुची राख्ने बराल प्रदेश ५ मा पहिलो पटक भएको सुपर मोडेल अफ स्टेट फाइभ प्रतियोगितकी फर्स्ट रनरअप उपाधी बिजेता समेत हुन् ।
प्रतिक्रिया