Logo

विविध

फाल्गुन ९ गते विहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल



मेषः– भ्रममा पर्न सकिन्छ मुक्त भएर अगाडि बढ्नु होला । काममा अनावस्यक कुराले प्रभाव पार्नेछ । विरोधी बढ्ने छन् । अरुको भर विश्वासमा काम नगर्नु होला । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ ।

वृषः– काम गर्ने वातावरण अझै बन्ने छैन । सोचाई बढि काम कम हुनेछन् । गरेका काममा आलोचना धेरै हुन सक्छ । घरयासी समस्याले सताउने छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

मिथुनः– पूर्वान्ह अनुकुल नै देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । व्यापारबाट आय आर्जन बढ्नेछ । अपरान्ह देखि समयले कम साथ दिनेछ । आर्थिक कारोवारमा समस्या आउन सक्छ ।

कर्कटः– कारोवारमा थोरै ध्यान दिनु होला । अपरान्हबाट समयले साथ दिनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । आफन्त सकरात्मक हुनेछन् ।

सिंहः– समयको सदुपयोग गर्नु होला । मनोरञ्जनमा बढि ध्यान जान सक्छ जसको कारण उपलब्धिका काममा असर पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानीम हुनेछ । सम्बन्ध विस्तार हुनेछ ।

कन्याः– विना तयारी काममा नलाग्नु होला । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । अनावस्यक विषय बस्तुमा विवाद पर्न सक्छ । मध्यान्ह पछि समयले साथ दिनेछ । गतिरोध हट्नेछ ।

तुलाः– पूर्वान्ह समयले साथ दिनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अपरान्हबाट समय प्रतिकुल बन्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ ।

वृश्चिकः– भाग्यका साथै कर्म पनि बलियो देखिन्छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । सहयोग मिल्नेछ ।

धनुः– मध्यान्ह सम्मको समय कमजोर देखिन्छ । अपरान्हबाट समयले साथ दिनेछ । सहयोग मिल्नेछ । यात्राबाट सामान्य लाभ हुनेछ । अर्थ अभावका कारण काममा ढिला सुस्ति हुनेछ । आस्था र विश्वास भने बढ्नेछ ।

मकरः– दैनिक काम काजमा अवरोध आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । मध्यान्ह पछि समयमा सामान्य सुधार आउनेछ । तनाव घट्नेछ ।

कुम्भः– कुनै काम गर्नु छ भने प्रातःकालमा गर्नु होला मध्यान्हबाट समय प्रतिकुल हुनेछ । काममा आशा गरे अनुरुपको सफलता मिल्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । लक्ष्य टुट्नेछ,योजना भत्किनेछ ।

मिनः– अवरोध गर्न खोज्ने विस्तारै आफै किनारा लाग्ने छन् । काममा देखिएका समस्या विस्तारे हटेर जानेछन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आन्तरिक तथा बाह्या सम्बन्धमा सुधार आउनेछ । व्यापार बढ्नेछ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  ६ : ३१ बजे