Logo

अर्थ

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति?



काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

यसैगरी बैंकले अग्राधिकार शेयरधनीहरुलाई ८.५ प्रतिशतले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार १०:४४   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।