Logo

प्रमुख समाचार

कम्युनिस्ट सरकारविरुद्ध नेविसंघद्वारा गोरखामा प्रदर्शन



नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गायक पशुपति शर्माको ‘लुट् कान्छा’ गीतमा प्रतिबन्ध लगाउन बाध्य पारिएको भन्दै गोरखामा प्रदर्शन गरेको छ ।नेविसंघ गोरखाले बुधबार कम्युनिस्ट सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो । गोरखा सदरमुकामस्थित हरमटारीमा गायक शर्मा गीत बजाएर प्रदर्शन गरेको नेविसंघले जनाएको छ ।

विकृति, विसंगति र अनियमितताको विरोध गरिएको गीतलाई ‘प्रतिबन्ध’ गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरिएको दावी नेविसंघले लगाएको छ ।सामाजिक सञ्जालमा सेन्सर गर्ने जस्ता गतिविधिले आमनागरिकको अभिव्यक्ति स्वतन्त्रतामा भएको नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले बताए ।

अधिकारीले नेकपा नेतृत्वको सरकारले वाइडबडी खरिदमा भएको घोटाला, फोेरजी अनुमतिमा भएको घोटाला लुकाउन जनतामाथि अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको जिकिर नेविसंघको छ ।

निर्मला पन्तको बलात्कारपछिको हत्या काण्ड, ३३ किलो सुन तस्करी बचाउ काण्ड जस्ता काण्ड निम्त्याएर त्यसको विरोध गर्ने आवाजलाई सरकारले बन्द गराएको नेविसंघले दाबी गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार  २ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।