बारा जिल्ला देवताल वडा न ०१ निवासी विद्यार्थी नेता प्रभात सिंह १० कक्षा देखि नै राजनीतिमा लागेका हुन् । उनी सुरुवातको राजनीतिमा निर्दलिय समर्थक थिए । नेताको चरीत्र, गुण, भिजन र योजना हेरि उसलाई समर्थन गर्ने गर्थे ।
बिगतको ३ बर्ष देखि उनी राजनीतीमा दिन-रात लागेका छन् । राजनीतिक नीति, पार्टीको उम्मेद्बार, भबिष्यको योजना, सबैलाई मुल्यांकन गर्दा नेपाली कांग्रेस भूत- बर्तमानर भबिष्यमा देशको लागि सबै भन्दा राम्रो र उर्पयुक्त राजनीतिक दल हो भन्दै उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट २०७४ सालमा आफ्नो दलिय राजनीती यात्रा सुरु गरेका छन् ।
२०७४ साल पुरै बर्ष संघर्ष गर्दा २०७५ सालमा बल्ल बल्ल उनको अनुहार जनता, नेता, कर्याकर्ता माझ परिचित भयो । उनको सरल स्वभाव, मिठो ब्यवहार, परोपकारी गुणले गर्दा धेरै छिटो उनी बारा र पर्सामा उनी जनप्रेमि विधार्थी नेता भए ।
उनको भनाइ अनुसार यो देश नेपाल आफैमा इतिहास बोकेको छ । नेपालको प्रकृति, नेपालको सुन्दरता बिश्वमै अतुलनीय छ । विश्वकै अग्लो हिमाल सगरमाथा, जल सम्पदामा दोस्रो धनी देश, सिता माताको जन्मभूमी, वीर योद्धाहरुको मातृभुमी गोर्खा लगायत विभिन्न वरदान स्वरुप सम्पदाले भरिपूर्ण छ नेपाल । तर नेपाल आमाको दुर्भाग्यवस यो प्राकृतिक सम्पदालाई प्रयोग गर्न सकेको छैन ।
प्रदेश न ०२ को मात्र कुरा गर्ने हो भने सबै प्रदेश भन्दा बढी प्रयोग गर्ने प्राकृति सम्पदा बोकेको छ ।प्रदेश-०२ मा अहिले नेतृत्वको खाँचो छ । अहिलेको प्रदेशमा सम्पुर्ण प्रदेश संसद, मन्त्री, मुख्यमन्त्री नेम-फेम बनाउनमा ब्यस्त छन् ।
अहिलेको प्रदेश सरकार मात्र योजना उद्घाटन गर्नमा व्यस्त छन् । योजना त उद्घाटन हुन्छ तर त्यो योजनालाई कार्यनयन गर्न अर्थ कहाँ छ ? अहिलेको परिवेशमा जति पुरानो योजना छ त्यतिलाई मात्र परिपुर्ति गरे भ्याउन सक्ने छैन ।
नेता सिंह भन्छन् म आफ्नो प्रदेश अर्थात प्रदेश-०२ लाई बिश्व जगतमा चिनाउने ठुलो योजना र सपना बोकेको छु । एक हिन्दी फिल्म ‘नायक’मा अभिनेता अनिल कपुरले खेलेको रोल अहिले प्रदेश न ०२ मा आवश्यक परेको छ । तल देखि माथीसम्म र माथी देखि तल सम्म सम्पुर्ण पदाधिकारी भ्रष्ट भएको मैले महसुस गरेको छु ।
र यो भ्रस्टाचार जरै देखि उखेलेर फाल्ने एउटा मात्र उपाय छ र त्यो हो नेता-जनता आम्ने साम्ने ।जनता सङ सिधै सम्पर्कमा रहे र जनताको कुरा कार्यनयन गर्ने हो भने भ्रष्टाचार अन्त्य हुन्छ।
अहिलेको २ नम्बरसरकार सँङग एउटा मात्र बहाना छ कि केन्द्रले अधिकार दिएन, केन्द्रले बजेट दिएन । जब केन्द्रमै निर्भर रहने हो भने किन प्रदेश चलाउनु पर्यो ? प्रदेश सँङग आफै सरकार चलाउन सक्ने क्षमता हुनु पर्छ ।
नयाँ र उर्पयुक्त भिजन बोकेको नेता सिंह प्रदेशको लागि ठुलो सपना देखेका छन् र सो सपना सकार गरि प्रदेश न ०२ लाई विश्व जगतमा चिनाउने छु भन्ने कुरा उनले बताएका छन् ।
प्रतिक्रिया