Logo

Photo Feature

परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान (तस्विरहरु)



काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।

महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउन मन्त्री खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क प्रस्थान गरेका हुन् ।

महासभाका क्रममा उनले विभिन्न देशका प्रतिनिधि तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नुका साथै नेपालका तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार १८:०९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।