सप्तरी । डाक्नेश्वरी नगरपालिका–६, फत्तेपुरबाट प्रहरीले करिब २ हजार १०३ किलो गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको घरमा तलासी गर्ने क्रममा उक्त पदार्थ बरामद भएको हो। बरामद पदार्थ गाँजा भए/नभएको यकिन गर्न परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया