Logo

प्रमुख समाचार

ओली–प्रचण्डविरुद्ध योगेश भट्टराई खनिए



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले सचिवालयविरुद्ध खनिएका छन् । उनले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्यदल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति आपत्ति जनाएका छन्।

शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्यदल विधानविपरीत सचिवालय बैठकले विघटन गरेको आरोप लगाएका हुन् ।

पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्वारा गठित कार्यदलका सदस्य समेत रहेका नेता भट्टराई सचिवालय बैठकको सो निर्णय दुर्भाग्यपूर्ण रहेको दाबी गर्दै आपत्ति जनाएका हुन्।

उनले पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सोसम्बन्धी निर्णय विधानविपरीत रहेको र त्यसले कार्यदलले काम गर्न सकेरनसकेको सही समिक्षा समेत गर्न नसकेको आरोप समेत लगाए। उनले सो कार्यदललाई कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप पनि लगाए।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  १२ : ३३ बजे