Logo

खेलकुद

सन्दीपले लिए पीएसएलको डेब्यू खेलमै ३ विकेट



पकिस्तान सुपर लिग क्रिकेटको डेब्यु खेलमै सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिएका छन् ।पहिलो ओभरमा १७ रन दिएर महँगो सावित भएका सन्दीपले आफ्नो दोस्रो, तेस्रो र चाैथाे ओभरमा एक एक विकेट लिएका हुन् ।

दोस्रो ओभरमा सन्दीपले लाहोर कलन्दर्सलाई पहिलो सफलता दिलाउन सफल भए । सन्दीपले उमर सिद्धिकी र जेम्स भिन्सका बीचमा पहिलो विकेटका लागि भएको पीएसएलकै सर्वाधिक ठूलो साझेदारीलाई तोड्न सफल भए ।

उनको बलमा ११.५ औं ओभरमा ८४ रन बनाएर क्रिजमा रहेका जेम्स भिन्स फकर जमानको हातबाट क्याच आउट भएका थिए । व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले सोयब मलिकलाई आउट गरे ।त्यसैगरी खेलकाे आफ्नाे १६ औं ओभरमा व्यक्तिगत चाैथाे ओभर लिएर आएका उनले आन्द्रे रसललाई कट एण्ड बाेल्ड गरेका हुन् ।

उनले ४ ओभरकाे स्पेलमा ४६ रन खर्चिएदा ३ विकेट हात पार्न सफल भए । ४ ओभरमा उनले १ चाैका र ५ छक्का खाएका थिए भने ९ बल डट राखेका थिए ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  १ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।