नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले अपराधिक क्रियाकलाप नियन्त्रणकालागि प्रयास नथाले काँग्रेसले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मुलुकमा दिनप्रतिदिन हत्या, हिंसा, बलात्कारजस्ता जघन्य घटना दिनप्रतिदिन बढ्दै जाँदा समेत सरकार नियन्त्रणकालागि गम्भीर नरहेको भन्दै उनले सरकारलाई आन्दोलनको समेत चेतावनी दिएका हुन् ।
आज जनकपुरमा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय तथा काँग्रेसका क्रियाशील सदस्य श्रीराम चौधरीको श्रद्धाञ्जली सभामा बाल्दै निधिले भने,‘मुलुकमा अपराधिक घटना दिनप्रतिदिन बढ्दै गएको छ, अपराधी निर्भिक्क भइ उम्किदैँ छन् तर काँग्रेसले पटक पटक दबाब दिँदै आएपनि सुतेको सरकार उठ्न खोजिरहेको छैन् ।’
पुर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका निधिले सरकारले अपराधीलाई कार्बाही गर्नुको सट्टा लुकाउन खोजेकाले मुलुकमा अपराधीक घटना बढदै गएको दावी गरे । श्रद्धाञ्जलीसभामा उनले कांग्रेसका निडर सक्रिय क्रियाशिल सदस्य चौधरीले प्रजातन्त्र स्थापना तथा प्रतिबन्धित समयमा दिएका योगदानलाई स्मरण गर्दै चौधरीको योगदान शब्दमा वर्णन गर्नु सम्भव नरहेको उल्लेख गरे ।
चौधरीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै निधिले राष्ट्र तथा राजनीतिमा उनले दिएको योगदानलाई उच्च कदर गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
प्रतिक्रिया