Logo

प्रमुख समाचार

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो ।

भेटमा समसामयिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गरेपछि उनको सिफारिसमा राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार अर्थमन्त्री डा.वाग्लेलाई दिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार पनि उनलाई तोकिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार १२:०८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।