Logo

प्रमुख समाचार

योगेश भट्टराई आक्रोशित हुदै बादल र पौडेलमाथि लगाए यस्ता आरोप



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्यदल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति आपत्ति जनाएका छन् ।पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्वारा गठित कार्यदलका सदस्य समेत रहेका नेता भट्टराई सचिवालय बैठकको सो निर्णय दुर्भाग्यपूर्ण रहेको दाबी गर्दै आपत्ति जनाएका हुन् ।

उनले पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सोसम्बन्धी निर्णय विधानविपरीत रहेको र त्यसले कार्यदलले काम गर्न सके–नसकेको सही समिक्षा समेत गर्न नसकेको आरोप समेत लगाए ।शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्यदल विधानविपरीत सचिवालय बैठकले विघटन गरेको तर्क पनि गरे ।

उनले सो कार्यदललाई कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप पनि लगाए ।नेता भट्टराईले कार्य दललाई विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयले पार्टीको एकता प्रक्रियालाई अन्यौलमा धकेलेको र पार्टीका नेता, कार्यकर्तालाई निराश बनाएको दाबी गरे ।

गत पुस १३ गतेको पार्टी स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्यदल गठन गरेको थियो ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  ५ : ०६ बजे