Logo

प्रमुख समाचार

चार वटा संसदीय समितिका बैठक बस्दै



काठमाडौं । आज चार वटा संसदीय समितिका बैठक बस्दै छ ।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समिति बस्दै छ । बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ उपर सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता माननीय सदस्यसँग छलफल हुने कार्यसूची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मस्यौदा प्रतिवेदन माथि छलफल हुने छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । बैठकमा ‘दलितको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा’उपर छलफल हुने छ ।

संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्ने भएको छ । बैठकमा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार ०९:४१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।