काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ११.७७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ ।
आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ५ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल ल्युब आयलका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १२.४७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ११.५८ प्रतिशतका दरले गुमाएका हुन् ।


















प्रतिक्रिया