दुई नम्बर प्रदेस बारा जिल्लामा अत्यन्त चर्चा कमाएको विद्यार्थी नेता प्रभात सिंहले मधेसी दलहरुले मधेसको मुद्दा बिर्सिएको आरोप लगाएका छन् । अनलाइनपाना डटकमको अनौपचारिक कुराकानीमा मधेसी दल प्रती आफ्नो बिचार ब्यक्त गर्दै उनले मधेसी दलहरुप्रति कडा टिप्पणी गरेका हुन् ।
हाल अहिले नेपालमा २ मुख्य मधेसी दल अर्थात संघिय समाजबादी फोरम र राष्ट्रिय जनता पार्टि (राजपा) रहेका छन् । स्थानीय, प्रादेशिक र केन्द्रिय चुनावमा जनता सङ विभिन्न मुद्दामा मत लियका मधेशी दल अहिले आफ्नो सम्पुर्ण मुद्दा बिर्सेर बसेका छन् ।
चुनावको बेला नागरिता, संविधान संसोधन लगायत विभिन्न विषयलाई राजनितिक मुद्दा बनाइ चुनाव जितेका यी मधेसी दल अहिले त्यही संविधानको खुट्टा टेकि सरकारमा सहकार्य गरेका छन् ।
मधेस आन्दोलन, मधेसीको सहादत, चुनाव र सरकार गठन भएको अब १ बर्ष भन्दा बितिसक्यो अब जनताले सोध्नु पर्ने कुरा आएको छ । जुन हक अधिकारको लागि मधेसी जनताले मधेसी दललाई मत दिएको थियो त्यो मतको खै कदर गरेको ?
अब जनताले हिसाब लिने बेला आएको छ भन्दै नेता सिंहले मधेसको खास गरि प्रदेश नम्बर २ को आठौ जिल्लाको जनता सङ् आफ्नो मतको कदर मधेसी दल सङग सोध्न आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया