Logo

राजनीति

नेतृत्वले मेरो योग्यता अनुसारको भूमिका दिएन : विरोध खतिवडा



सत्तारुढ दल नेकपाका नेता तथा प्रतिनिधीसभा सदस्य विरोध खतिवडाले पार्टीले आफूलाई उचित स्थान नदिएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै खतिवडाले पार्टीलाई आफूले दिएको योगदान अनुसार जिम्मेवारी नपाएको गुनासो गरेका हुन् ।

चारपटक चुनाव जित्दा पनि खतिवडा मन्त्री बन्न सकेका छैनन् । उनले जनप्रतिनिधी बनाउन जनताको भोटले काम गरे पनि मन्त्री बन्न त्यो भोटले काम नगर्ने भएकाले अवसर नपाएको उनले बताए ।

पार्टी नेतृत्वले उचित कदर गर्ने हो भने आफू मन्त्री बन्न योग्य भएको खतिवडाको दावी छ । तर आफू मन्त्री बन्नका लागि रोइलो गरेर कहिल्यै नहिँड्ने बताए ।नेता खतिवडाले पार्टी एकता प्रक्रिया टुङ्ग्याउन गठन गरिएको कार्यदल असफल हुँदा प्रक्रिया पुनः शुन्यमा पुगेको बताए ।

प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार  ७ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।