Logo

प्रमुख समाचार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ



काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो।

स्रोतका अनुसार जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो। यद्यपि, उनीमाथि कुन कसुरमा अनुसन्धान अघि बढाइएको हो भन्नेबारे प्रहरीले तत्काल खुलाएको छैन।

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुनमा प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्तापछि उनी निलम्बनमा परेका थिए।

जबरामाथि विभिन्न २१ वटा अभियोग लगाइएको थियो। तत्कालीन संसद्ले उक्त महाअभियोग प्रस्तावमाथि निर्णय गर्न सकेन। संसद्को कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय भएको भए पनि जबरा सर्वोच्च अदालतमा पुनः फर्कन भने पाएनन्।

प्रकाशित मिति : ११ आश्विन २०८३, आईतवार ०६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।