Logo

प्रमुख समाचार

“प्रचण्डले एनसेल र जनमुक्ति सेनाको अर्बौ पैसा खाएपछी मैले माओवादी छोडे” : बाबुराम भट्टराई (भिडियो)



बाबुराम भट्टराईको दाबी नै छ कि प्रचण्डले मात्र एनसेल प्रकरणमा २० अर्ब खाएका छन। पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले माओवादी पार्टी छाड्नुको कारण त्यहाँ व्याप्त भ्रष्टाचार रहेको खुलासा गरेका छन् । भ्रष्टाचार पनि अरू कसैले नभएर स्वयं प्रचण्डले नै गरेको भट्टराईको दाबी छ ।

तत्कालीन माओवादी पार्टी अध्यक्ष प्रचण्डले माओवादीका लडाकुका निम्ति राज्यबाट गएको करिब २० अर्ब रकम भ्रष्टाचार गरेको डा. भट्टराईको गम्भीर आरोप छ । प्रचण्डले सो रकम पचाउनका लागि विदेशी प्रभु गुहारेको आरोपसमेत भट्टराईले लगाएका छन् । यसैगरी, प्रचण्डले ७०० हतियार विदेशी दलाललाई बेच्न लागेको, तर आफूले सो हुन नदिएकोसमेत डा. भट्टराईले खुलासा गरेका छन् ।

लामो समयसम्म प्रचण्डसँग सहकार्य गरेका र मुलुकको प्रधानमन्त्री भइसकेका भट्टराईले दिएको अभिव्यक्तिलाई ‘एकजना पूर्वमाओवादी’को सामान्य आक्रोशका रूपमा मात्रै लिनु किमार्थ उचित हुँदैन । कुनै सामान्य लडाकु वा कार्यकर्ताले लगाएको आरोप थियो भने त्यसलाई आक्रोशको अभिव्यक्ति मान्न सकिन्थ्यो होला । तर, पूर्वप्रधानमन्त्री भट्टराईजत्तिको ‘हेभीवेट’बाट आएको अभिव्यक्तिलाई आमसर्वसाधारणले कुन रूपमा बुझ्ने ?

यस सम्बन्धमा प्रचण्डका तर्फबाट कुनै पनि खण्डन आएको छैन । यदि डा. भट्टराई सही थिएनन् भने प्रचण्ड कानुनी उपचारमा लाग्नुपर्ने हो । तर, प्रचण्डद्वारा यसको कुनै खण्डन नहुनुले गम्भीर प्रश्न खडा गरेको छ । भट्टराईको अभिव्यक्तिमाथि प्रचण्डबाट कुनै प्रतिक्रिया नआउनुले यसमा ‘मौनं सम्मति लक्षणम्’ भनेझैँ प्रचण्डको स्वीकारोक्ति देखिएको छ ।

यसअघि प्रधानमन्त्री पदमा रहँदा प्रचण्डले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई पत्याउने हो भने उनी कृष्णप्रसाद भट्टराई र सुशील कोइरालापछिका गरिब प्रधानमन्त्रीमा पर्छन् । त्यसवेला बुझाएको सम्पत्ति विवरणमा प्रचण्डले श्रीमती सीता दाहालका नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख गरेका थिए । सो सम्पत्ति पनि उनको स्वआर्जन नभएर पैतृक भनिएको थियो ।

प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार  १ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।