Logo

अर्थ

शौर्य सिमेन्टद्वारा सिरहाका ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



सिरहा । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

स्थानीय समुदायको शैक्षिक विकासमा टेवा पुर्‍याउने तथा विद्यार्थीहरूको पठनपाठन सहज बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमबाट कर्जन्हा र मिर्चैयाका ९ वटा विद्यालयका विद्यार्थीहरू लाभान्वित भएका छन्।

सामग्री प्राप्त गर्ने विद्यालयहरूमा आधारभूत विद्यालय (प्रयागपुर), जनता आधारभूत विद्यालय (मरेवा), शारदा माध्यमिक विद्यालय (रामपुर बिर्ता), जनजागृति आधारभूत विद्यालय (मनथै कुट्टी), जनता आधारभूत विद्यालय (महादेवा), जनता आधारभूत विद्यालय (मतेर्वा), जनता आधारभूत विद्यालय (छघरे), जनचेतना आधारभूत विद्यालय (मलहनिया खोरी) र बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालय छन्।

कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै सम्बन्धित विद्यालयको आवश्यकताअनुसार पानी फिल्टर तथा जगसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

वितरणका क्रममा शौर्य सिमेन्टका प्रतिनिधिहरूले स्थानीय नगर प्रमुख, वडाध्यक्ष, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै स्थानीय शैक्षिक अवस्था र आवश्यकताहरूबारे जानकारी लिएका थिए।

शिक्षालाई दीर्घकालीन विकासको मुख्य आधार मान्दै आएको शौर्य सिमेन्टले आगामी दिनमा पनि समुदायको प्राथमिकताका आधारमा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार १४:१३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।