Logo

विविध

हेर्नुहोस साप्ताहिक राशी : (फाल्गुन ११ गते देखि १७ गते सम्मको)



मेष

सोमबार सम्म समयले साथ दिनेछ । अनुकुल बातावरणमा काम गर्न पाईनेछ । उद्योग पराक्रम बढ्नेछ । सहज तरिकाले कार्य सम्पादन हुनेछन् । परिश्रमको परिणामले सन्तोष बनाउनेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । सुखद दामपत्य जीवनको सुरुवात नहोला भन्न सकिन्न । विदेश यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । शेष दिन भने त्यति अनुकुल देखिन्न । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । चिन्ता थपिनेछ । निराशा बढ्नेछ । परिवारिक खर्च बढ्ला । विश्वास टुट्नेछ । अलस्यता बढ्नेछ ।

बृष

बुधबार सम्म समयले पूर्ण साथ दिनेछ । अबरुद्ध काम बन्ने छन् । कार्य क्षमता बढ्ला । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । भोज भतेर सभा समारोहमा भाग लिने अवसर मिल्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । तर लगानीमा विचार पु¥याउनु होला । विहिबारबाट समयले कम साथ दिनेछ काम गर्दा सचेत रहनु होला । खर्च विवाद एवं आरोप प्रत्यारोपमा दिन वित्नेछन् । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । राज्यसँग सम्बन्धित काममा झै झमेला हुनेछ । कार्य क्षेत्रमा दुष्टहरुको आगमन हुनेछ । चिन्ता बढ्नेछ ।

मिथुन

शनिबार फजुल खर्च वृद्धिले संचित धन घट्नेछ । आफन्तका कारण विवादमा परिनेछ । अतिथि सत्कारमा समय दिनु पर्नेछ । आइतवार र सोमबार काममा बढि अलमल हुनसक्छ । समयमा निर्णय लिन सकिएन भने उपलब्धि गुमाउनु पर्नेछ । वोलिको अनर्थ लगानउन खोज्ने छन् । विश्वास घात हुनसक्छ । शेष दिन उत्तम रहेका छन् । काम गर्ने उत्साहामा वृद्धि हुनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । कार्य क्षमता बढ्नेछ । भोज भतेर सभा समारोहमा भाग लिने अवसर मिल्नेछ । वैदेशिक यात्राको योग पनि देखिन्छ ।

कर्कट

साता मिश्रित फलदायी देखिन्छ । शनिबार केहि काम हुनेछन् । व्यापारबाट सामान्य लाभ हुनेछ । आइतबार र सोमबार पारिवारिक समस्यामा रुमलिनु पर्नेछ । नयाँ लगानी नगर्नु होला । मंगलबार र बुधबार अलमलमा परिनेछ । पढाई लेखाईको चिन्ताले सताउनेछ । सामान्य खालको आम्दानी हुनेछ । विहिबार र शुक्रबार संर्घष बढि गर्नु पर्नेछ । पुराना काम फस्र्योट हुने छन् । व्यापारबाट आम्दानी बढ्नेछ । कार्य क्षमतामा कमि आउने छैन । आध्यात्मिक एवं भौतिक सुख शान्ति कम मिल्नेछ । साझेदारी काममा भने हात नहाल्नु होला ।

सिंह

बुधबार सम्म समय अनुकुल रहेको छ । साथी भाई,ईष्टमित्रको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट लगानी अनुसारको प्रतिफल मिल्नेछ । अधुरा कामले पूर्णता पाउनेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छ । उद्योग पराक्रम बढ्नेछ । विहिबार देखि भने समय उपलब्धिका काममा भन्दा खर्चालु काममा धेरै समय खर्च हुनेछ । आफन्त सँग भेटघाट हुनेछ । भौतिक चिन्तन बढि हुनेछ । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । व्यापार घट्नेछ । झुट्टा कुराले सताउनेछ । विश्वास गरेकाले धोका दिने छन् ।

कन्या

बुधबार सम्मको समय अनुकुल देखिन्छ । शनिबार भोज भतेरमा वित्नेछ । काम गर्दा सानातिना समस्या आउने छन् ती गर्दै जादा समाधान हुनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ । गर्न नसकेका अधुरा काम सम्पन्न हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानी हुनेछ । हिजो असहयोग गर्न सहयोग गर्न अगाडि आउने छन् । घर परिवारमा मांगलिक काम हुनेछन् । विहिबार र शुक्रबारको दिन भने प्रतिकुल देखिन्छ सचेत भएर काम गर्नु होला । घरयासी खर्चमा वृद्धि हुनेछ ।

तुला

शनिबार खराव हुनसक्छ सचेत भएर काम गर्नु होला । काममा विभिन्न खालका समस्या आउने देखिन्छ । रविबार देखि समयमा क्रमिक सुधार आउनेछ । रोकिएका कामले विस्तारै आफ्नो गति समाउनेछ । मानसिक तनाब घट्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा मांगलिक कार्य हुनेछ । काम गर्दा गोपनियता अप्नाउन भने नभुल्नु होला । आर्थिक कारोवारमा सुधार आउनेछ । बोलिको प्रभावमा काम हुनेछन् । मित्रहरुबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

बृश्चिक

शनिबारको दिन सामान्य अनुकुल देखिन्छ । गरेका कामबाट थोरै लाभ हुनेछ । आइतबार र सोमबार साता कै खराव दिन हुनेछन् । अनावस्यक खर्च बढि हुनेछ । मिथ्या कुराले सताउनेछ । विश्वासमा धोका हुनसक्छ । मंगलबार देखि समयमा सुधार आउनेछ । परिणाम मुखी काम हुनेछन् । प्रयत्न गर्दा नयाँ काम हात पर्नेछ । रजोगुण बढ्नेछ । व्यापार व्यवसायबाट धेर थोर लाभ लिन सकिनेछ । अर्थ अभावका कारण काममा केहि ढिलाई हुनसक्छ तर गर्दै जादा समाधान हुनेछन् । कार्य लगनशिलता बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

धनु

शनिबार रोकिएका केहि काम हुनेछन् । आइतबार र सोमबार आय आर्जनका हिसावले राम्रो देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सामान्य सहयोग मिल्नेछ । मंगलबार र बुधबार खर्चले सिमा नाग्नेछ । विहिबार र शुक्रबार पुन समयले साथ दिनेछ । तर हेलचक्र्याई गरेर काम नगर्नु होला । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । प्रयत्नबाट नै नयाँ काम हात पार्न सफल हुनुहुनेछ । दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ । लेनदेनमा सुधार आउनेछ ।

मकर

बुधबार सम्म समय अनुकुल देखिन्छ । पुराना समस्या समाधान भएर जानेछन् । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । गएका ठाँउमा स्वागत सत्कार मिल्नेछ । जीबन साथीको सुझाव सहयोगमा महत्वपूर्ण काम हुनेछन् । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । अरुको भर विश्वासमा गरेका काम विग्रिने छन् । साझेदारी काममा हात नहाल्नु होला । स्वतन्त्र व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । यात्राको योग देखिन्छ । विहिबार र शुक्रवारको दिन प्रतिकुल रहेको छ । स्वास्थ्यमा समस्या आउनेछ । काममा अवरोध आउनेछ ।

कुम्भ

शनिबार खर्च बढ्नेछ । स्वास्थ्य कमजोर बन्न सक्छ । कार्य लगशिलता घट्नेछ । आईतबार देखि समयमा विस्तारै सुधार आउनेछ । मानसिक तनावमा कमि आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । मनबाट भ्रमहरु हटेर जानेछन् । मनकारी र उपकारी काम हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । परिवारबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । हेलचक्र्याई नगरि आफै लगनशिल भई गरेका काम बढि सफल हुनेछन् ।

मीन

शनिबार सामान्य अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट चित्त बुझ्दो आम्दानी हुनेछ । आफन्तको सहयोग अल्प मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आईतवार र सोमबार समयले कम साथ दिनेछ । अनावस्यक काममा समय खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । मंगलबार देखि समयमा क्रमिक सुधार आउने छ । इष्टमित्र साथी भाई सँग भेटघाट हुनेछ । काम प्रतिको लगाव बढ्ने देखिन्छ । पढाई लेखाईमा सुधार आउनेछ । धार्मिक काममा सक्रियता बढ्नेछ । रोकिएका कामले गति लिनेछ । गएका ठाँउमा स्वागत सत्कार मिल्नेछ ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  १ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।