Logo

अर्थ

२८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

योसँगै प्रतितोला सुन २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ४ लाख ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार ११:३३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।