Logo

प्रमुख समाचार

सुनिलस्मृति गाउँपालिका अध्यक्ष घर्तीद्धार विजुलि बत्ती उद्घाटन



सुनिलस्मृति गाउँपालिका वडा नं. १ थुम्पाकी रोल्पामा शनिवार एक कार्यक्रमका विच विजुलि वत्ति उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत प्राधिकरण रोल्पा शाखाका प्रमुख श्याम कुमार शर्माको विशिष्ट आतिथ्यतामा उक्त विजुलि बत्ती उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले भन्नुभयो थुम्पाकीमा आज बत्ति बल्दै गर्दा यहाँका जनताहरुको एक अध्याय पुरा भएको छ, यस अध्याय पुरा गर्नकालागि तपाईहरुले खेलेको भुमिका अतुलनिय रहेको र आउदा दिनहरुमा पनि यसै गरि एकजुट भएर विकास निर्माणमा लाग्न समेत अनुरोध गर्दै भन्नुभयो म यहाँको विषमा एकदमै चिन्तित छु, तपाईहरुको हरेक सुझाव, सल्लाह र गुनासो सुन्नका लागि म एकदमै आतुर समेत रहेको कुरा अध्यक्ष घर्तीले बताए।

स्थानिय सरकार र जनताको सम्बन्धलाई टाढा नहोस् भन्ने उद्देश्यका साथ मैले बस्ती बस्तीमा अध्यक्ष कार्यक्रम समेत लिएर आएको छु, थुम्पाकीबासीसँग सँगै बसेर मनका कुराहरु आदन प्रदान गर्ने मेरो ठूलो रहर भएको हुँदा छिट्टै नै उक्त कार्यक्रम अनुसार तपाइहरुकै घरमा बास बस्न आउने उनले प्रतिवद्धता जनाए ।

यहाँको विद्यालय, बाटोको अवस्था मैले नजिकबाट हेर्दै आइरहेको छु, हिजो चुनावी अभियानमा मैले बोलेका कुराहरु अझै पुरा गर्न सकेको छैन यो सत्य हो । यहाँहरुलाई लाग्न सक्छ चुनाव जित्नका लागि झुटो आश्वासन अध्यक्षले बाढ्यो ।

अब चुनावि जितिसक्यो किन हाम्रा विकास निर्माणका कुराहरु र हाम्रा कुरा किन सुन्छ भन्ने तपाईहरुलाई लाग्न सक्छ । म तपाईहरुलाई यहि मञ्चबाट निवेदन गर्न चाहान्छु म चुनावी मैदानमा होमिदै गर्दा बोलेका हरेक कुराहरुलाई क्रमागत रुपमा सम्बोधन गर्दै मेरै कार्यकालमा सवै कुराहरु पुरा गर्छु अध्यक्ष घर्तीले बताउनुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताए ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ५ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।