जापानका ओलम्पिक्स मामिलामन्त्री योशीताका साकुरादाले संसदीय बैठकमा ढिलो पुगेका कारण माफी मागेका छन् । साकुरादाले तीन मिनेट ढिलो कार्यक्रममा पुगेको कारण विरोधको सामनासँगै क्षमासमेत माग्नु परेको छ ।
बैठकमा ढिलो आएर अपमान गरेको भन्दै विपक्षी सांसदहरुले पाँच घण्टासम्म बैठक बहिस्कार गरिदिए । त्यसपछि मन्त्री योशीताका साकुरादाले क्षमा मागेका हुन् ।
जापानमा पूर्व्निर्धा्रित समयभन्दा ढिलो पुग्नु राम्रो मानिँदैन । सन् २०१८ को अक्टोबर महिनामा मन्त्री नियुक्त योशीताका कार्यक्रममा ढिलो पुग्ने र जथाभाबी बोल्ने गरेका कारण आलोचित छन् ।
गत साता साकुरादाले ओलिम्पिक्समा पौडीमा पदक जित्ने आश गरिएकी जापानी खेलाडी रिकाको इकिलाई ल्युकेमिया रोग लागेको पत्ता लागेपछि आफू निराश भएको जनाएका थिए ।
‘सन् २०२० को टोकियो गेम्समा उनले स्वर्णपदक ल्याउने सम्भावना थियो। उनीप्रति हाम्रो ठूलो आशा थियो। म निराश भएको छु,’ उनले भनेका थिए । लगत्तै उनको सो टिप्पणीको आलोचना भयो र उनले क्षमा मागे ।
प्रतिक्रिया