काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिदाइ भेटमा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धबारे उक्त धारणा राखेका हुन्। भेटमा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा अन्य विपद्का समयमा भारत सरकारले गरेको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरे। उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना पनि व्यक्त गरे। भेटका क्रममा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराएका थिए। उनले नेपाल बसाइका क्रममा सहयोग गर्ने नेपाल सरकार तथा नेपाली जनताप्रति धन्यवाद व्यक्त गरे।



















प्रतिक्रिया