Logo

प्रमुख समाचार

कांग्रेसकाे विधानमाथिकाे विवाद टुंगियाे



नेपाली कांग्रेसको पार्टी कार्यालयमा जारी महासमितिको बैठकले पार्टीको विधान बहुमतले पारित गरेको छ । पार्टीको केन्द्रीय सदस्यले महाधिवेशनमा सहभागी हुन तल्लाे तहबाट निर्वाचित हुनु पर्ने वा स्वतः हुन पाउन भन्ने विवाद रहँदै आएकाे थियाे ।

बैठकले महाधिवेशनका लागि केन्द्रीय सदस्यले तल्लाे तहमा निर्वाचित हुन नपर्ने गरी पुरानै व्यवस्थालाई यथावत राख्दै आइतबार बसेको बैठकले टु‌ंगाे लगाएकाे हो ।

बैठकमा नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले विरोध जनाएका थिए । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विधान पेस गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  १२ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।