Logo

समाचार

इक्यान अध्यक्षको धन्दा बाहिरियो, अस्ट्रेलियामा नेपाली विद्यार्थीको बिचल्ली पार्ने एआइबीटीको प्रबर्द्धन गर्दै



उच्च शिक्षाको लागि अस्ट्रेलियाको ब्रिजबेन र सिड्नीस्थित एआईबीटीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको विचल्ली भएको छ । कलेज र नेपालस्थित बिभिन्न कन्सल्ट्यान्सि (एजेन्ट) हरुले सही सूचनाले नदिँदा करिब एक हजार नेपाली विद्यार्थीहरुको बिचल्ली भएको हो ।

नेपाली विद्यार्थीहरू शैक्षिक अन्यौलमा परेको समाचार बाहिर आएलगत्तैगत हप्ता अस्ट्रेलियन सरकारले एआएबीटी कलेजको दर्ता समेत खारेज गरेको थियो । अष्ट्रेलियामा डिप्लोमा अफ नर्सिङ पढिरहेका विद्यार्थीहरू अन्यौलमा पार्नेे मुख्य दोषीको रुपमा कलेज र एजेन्टहरुलाई नै ठहर गरेका छन् ।

कलेजको विषयमासम्बन्धित वास्तविक सूचना दिनुको सट्टा कमिसनको लागि हतारहतार विद्यर्थी बाहिर पठाउनेमा नेपालका अधिकांश चर्चित परामर्शदाता संस्था (कन्सल्ट्यान्सि) हरुको नाम आएको छ ।

यस्तै नेपालमा परामर्शदाता संस्थरु करिब ११ सय रहेको र तिनीहरु विभिन्न छाता संगठनमा आवाद्ध रहेका छन् । त्यसमध्ये नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ठुलो तथा प्रभावकारी मानिन्छ । अहिले इक्यानको अध्यक्ष विष्णु हरी पाण्डे छन् । उनी रोयाल एजुकेसनल फाउन्डेसनका मालिक हुन् ।

यो पढ्नु भयो ?

अष्ट्रेलियामा विद्यार्थीको भविष्य अन्योल पार्ने कन्सल्टेसीमाथि छानबिन सुरु, एक्सपर्टले ढाँट्यो

एक्स्पार्ट एजुकेशनको कालो कर्तुत, विद्यर्थाीको भविष्यमाथि खेलवाड

एक्स्पार्ट एजुकेशनको कालो कर्तुत, विद्यर्थाीको भविष्यमाथि खेलवाड

अस्ट्रेलियामा अलपत्र विद्यार्थीलाई ज्यान मार्ने धम्कि (भिडियो सहित)

नेपाली क्रिकेटर पारसलाई देखाएर यसरी लुट्छन् विद्यार्थीहरुको लाखौ रकम

नेपाली कन्सलटेन्सीको कालो कर्तुत, शिक्षाको नाममा डलरको खेती

पाण्डेको फाउन्डेसलने विवादित एआइबिटी कलेजको प्रबर्द्धन गरिरहेको भेटिएको छ । यसरी जिम्मेवार संस्थाको मुख्य व्यक्ति नै समस्याको समाधान गर्नुको साटो विवादित कलेजको प्रबर्धन गर्नु गम्भीर रुपमा लिइएको छ । पाण्डे उक्त विवादित कलेजको नेपाली एजेण्ट समेत हुन् । उनले झुटो सूचना दिएर नेपाली विद्यार्थीलाई एआईबिटीमा पढाउँदै आएका छन् ।

नेपाली विद्यार्थीहरु अलपत्र पार्ने एआइविटीकै प्रचार गर्ने इक्यान अध्यक्ष पाण्डे नेपाली विद्यार्थी अलपत्र परेको विषयमा गम्भीर नभएको आरोप अखिलक्रान्तिकारीका सचिवालय सदस्य हर्कबहादुर बिकले बताएका छन् । समस्या आउनासाथ आफ्ना मातहतमा रहेका कन्सल्ट्यान्सीहरुलाई सतर्क गराउने र अनुगमन नगरेको भन्दै बिकले आपत्ति जनाए । उनले पाण्डेनै मोटो कमिसन खाएर विद्यार्थीलाई विदेश पठाउने कार्यमा दोषी भएको पुष्टी गरेको बताए ।

यस विषयमा जानकारी लिन खोज्दा अध्यक्ष पाण्डे सम्पर्कमा आउन चाहेनन् । अनलाइन डबलीले पटकपटक पाण्डेलाई फोन गर्दा समेत उठाएनन् ।

अस्ट्रेलियामा विद्यार्थीहरु पढ्नको लागि भोकेस्नल (व्यवसायिक) शिक्षा दिन कलेजलाई अनुमति दिने निकाय Australian Skills Quality Authority (ASQA) जसले Registered Training Organisation (RTO) (आरटिओ) को रुपमा दर्ता गरी कार्षहरुको प्रमाणपत्र दिएर कानुनि मान्यता दिने प्रावधान रहेको विज्ञहरु बताउँछन् । कलेजहरुले आरटिओ प्राप्त गरेपनि विदेशी विद्यर्थीहरुले भने अस्ट्रेलियन सरकारको

The Commonwealth Register of Institutions and Courses for Overseas Students (CRICOS) क्राइकोसमा दर्ता भई त्यसको कोड नम्बर प्राप्त गर्नुपर्ने हुन्छ । सो कोड नम्बर प्राप्त गरिसकेपछि मात्रै विश्व विद्यालयले विदेशी विद्यार्थी भर्ना गरी ‘Confirmation of Enrolment’ (COE) जारी गर्ने गर्दछ ।त्यसपछि Australian Nursing and Midwifery Accreditation Council (ANMAC) बाट Accreditation कोर्स वा डिग्रीको आधारमा निर्धारण गर्ने गर्द छ ।

एआइविटी डिप्लोमा आफ नर्सिङको कोर्स ‘अस्का’ र ‘क्राइकोसमा’ दर्ता भएकोले विदेशी विद्यार्थीलाई सो कलेजमा भर्ना गरी पढाउन पाएपनि एनम्याकले उसलाई मान्यता दिएको छैन । लाखौं खर्च गरेर डेढ वर्षसम्म अध्ययन गरिसकेका नेपाली विद्यार्थी अलपत्र परेका छन् ।नेपालमा शैक्षिक परामर्श दाता संघहरु इक्यान्, आइरिन,आएरी, फेकोनलगायतका संस्थाहरु यस विषयमा बेलैमा सतर्कक नहुनुको परिण यसो भएको सरोकारवालाहरुको आरोप छ ।

अस्ट्रेलियामा चालिस हजार नेपाली विद्यार्थी उच्च अध्ययन गरिरहेको एक तथ्याङ्कले जनाएको छ । राम्रो कमिसनको चक्करमा विद्यार्थी तथा अभिभावकलाई नेपालमा स्पस्ट जानकारी नदिईविद्यार्थीको भविष्य अन्यौलमा पार्ने एजेन्टहरुलाई सरकारले कारबाहीको दायरमा ल्याउनु पर्ने अखिल क्रान्तिकारीका केन्द्रीय सचिबालय सदस्य बिकले माग गरेका छन् ।

साथै यस्ता समस्या विगतमा पनि आएको प्रसस्तै दृष्टान्त भएको र त्यसमा सरकार मूलतः नो अबजेक्सन लेटर दिनुअघि गम्भीर नहुनुको परिणाम रहेको उनको ठहर छ ।

“पढेर कोर्सको अन्तिम समयमा पुग्दा एन्म्याकले मान्यता नदिँदा हजारौं नेपाली विद्यार्थीहरू अन्यौलमा परेको कुरा निकै गम्भीर रहेको छ । यसमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । आवश्यक अध्ययन गरिरहेका छौं, दोषीलाई कारवाहीको प्रक्रिया अगाडि बढाउन बढाउछौं” बिकले भने । उनले विवादित कलेजको अझै इक्यान अध्यक्षले नै प्रचारप्रसार गरिराख्नु गम्भीर भएको बताए । अनलाइन डबलीबाट

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  २ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।