Logo

प्रमुख समाचार

नेकपामा असन्तुष्ट समूहले ओलीलाई बुझायो प्रतिवेदन, ओली अफ्ठेरोमा पर्ने निश्चित



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद थप चुलिएको छ । पार्टी एकिकरण कार्यदलका बहुमत असन्तुष्ट समूहले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई पार्टी समायोजनको फरक प्रतिवेदन बुझाएपछि यस्तो अवस्था देखिएको हो ।
असन्तुष्ट समूहले फरक प्रतिवेदन दुई अध्यक्षहरूलाई बुझाएपछि नेकपाभित्र तरंग उत्पन्न भएको छ । असन्तुष्ट समूहले विघठित कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई दोषी ठहरा-याइएको छ ।असन्तुष्ट समूहले बुझाएको प्रतिवेदनमा दुई पार्टीलाई समायोजन गर्ने विषयमा सुझावहरू दिइएको छ ।

असन्तुष्ट पक्षका नेता योगेश भट्टराईले भने, ‘पार्टी स्थायी कमिटीद्वारा गठन गरिएको संगठन एकीकरण सम्बन्धि कार्यदल र एकीकरणका बारेमा हाम्रा धारणा तथा सुझाब अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई बुझाएका छौँ ।’

‘हामीले ७ पेज लामो लिखित धारणा प्रस्तुत गरेका छौँ त्यस अबसरमा अध्यक्ष कमरेडद्वारा धन्यवाद सहित मननयोग्य बिचार राख्नु भयो । छलफल राम्रो भयो’, भट्टराईले भनेका छन्, ‘अर्का पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई शनिबार नै बुझाएका थियौँ । त्यस अबसरमा उहाँले उत्साहजनक बिचार राख्नु भएको थियो ।’

नेकपाको सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि बनाएको कार्यदल विघटन गरेपछि रिसाएको समूहले छुट्टै प्रतिवेदन बुझाएका छन् ।सचिवालयको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै विघठित कार्यदलका बहुमत सदस्यले बुझाएको प्रतिवेदनमा कार्यदलको बैठकमा विवाद भएका मुख्य विषयहरूसहित सांगठनिक एकीकरणको प्रस्ताव उल्लेख छ ।

अध्यक्षद्धय ओली र प्रचण्डलाई सम्बोधन गर्दै बुझाएको प्रतिवेदनमा कार्यदलले काम गर्न नसक्नुमा संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई आरोप लगाइएको छ ।प्रतिवेदनमा स्थायी कमिटिले बनाएको कार्यदल सचिवालयले भंग गर्ने निर्णय पार्टी विधानको धारा ३३ (ग) विपिरत भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा कार्यदल सदस्यहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन, बेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टको नाम रहेको छ ।
प्रतिवेदनमा कार्यदलमा देखिएका मुख्य समस्यामा प्रदेश कमिटीका सदस्यको मापदण्ड र १० प्रतिशत सदस्य थप गर्ने विषयमा कार्यदलका सदस्यबीच विवाद भएको उल्लेख छ ।

असन्तुष्ट समूहले बुझाएको प्रतिवेदनमा पोलिटब्युरोको गठन–प्रतिवेदनमा उल्लेख प्रस्ताव अनुसार १४७ सदस्यीय पोलिटब्यूरो गठन गर्दा केन्द्रीय कमिटीमा रहेको पूर्वघटकको सदस्य संख्याको अनुपातमा पूर्व एमालेतर्पmका ८१ र पूर्व माओवादी केन्द्रतर्पmका ६६ सदस्य राख्न सुझाव छ ।

केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गर्दा विधानको धारा ४६ ९क० को एक व्यक्ति एक मुख्य जिम्मेवारी हुने प्रवधान कडाईका साथ लागू गर्ने प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रीय निकायको गठन गर्दा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग गठन गर्दा ती आयोगका निवर्तमान सदस्यहरूलाई कायम राखी बाँकी सदस्यहरू पूर्वकेन्द्रीय सदस्यमध्येबाट पूर्ति गर्ने प्रस्ताव उल्लेख छ ।जनवर्गीय सङ्गठनहरूको एकीकरण गर्दा जिल्ला र मातहत कमिटीहरूको एकीकरण गर्दा अबलम्वन गरिने मापदण्डहरू नै अबलम्वन गर्ने प्रस्ताव प्रतिवेदनमा छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ४ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।