Logo

प्रमुख समाचार

सूचना प्रविधि विधेयकप्रति कांग्रेसको असन्तुष्टि, अनुदार प्रावधान तत्काल सच्याउन माग



प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको सूचना प्रविधिसम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ ।कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नै असर गर्ने प्रावधान राखिएकाले केन्द्रीय समिति बैठकले नै विधेयकको विरोध गरेको बताए ।

प्रवक्ता शर्माले सूचना प्रविधि विधेयकका अनुदार प्रावधानहरू तत्काल सच्याउनु पर्ने माग समेत गरे । उनले भने, ‘सामाजिक सञ्जालको प्रयोगमा रहेका कतिपय वेथिति नियन्त्रण गर्न राज्यले राख्नु पर्ने सर्तकताप्रति कसैको विमति हुन्न तर त्यसका नाममा सामाजिक सञ्जाललाई क्रमशः बन्देज लगाउने स्थितिप्रति कदापि समर्थन जनाउन सकिदैन ।’

विधेयकको परिच्छेद १४ मा भएको सामाजिक सञ्जालसम्बन्धी व्यवस्थामा फेसबुक, ट्वीटरजस्ता सञ्जाल नेपालभित्र दर्ता गरेर मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ । विधेयकमा उल्लेखित व्यवस्थाविपरीत सामाजिक सञ्जाल प्रयोग गरेमा तीस हजारदेखि १५ लाख रुपैयाँसम्म जरिवाना र पाँचवर्षसम्म कैद सजाय हुनसक्ने प्रस्ताव गरिएको छ ।

सूचना तथा प्रविधि मन्त्रालयका ऋषिराम तिवारी भने सूचना प्रविधिसम्बन्धी विधेयकबाट सामाजिक सञ्जाल प्रयोगकर्ता आत्तिनु नपर्ने बताउँछन् । उनले भने, ‘मर्यादित रुपमा सामाजिक सञ्जाल प्रयोग गर्नेहरूलाई विधेयकले केही फरक पार्दैन ।’

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ७ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।