Logo

प्रमुख समाचार

‘प्रचण्ड र बाबुरामलाई बोक्ने कांग्रेसको काखमा स्वागत छ’ : विश्वप्रकाश शर्मा



नयाँ शक्तिको रसुवा शाखा नेपाली कांग्रेसमा बलय भएको छ । कांग्रेस रसुवा र नयाँ शक्ति पार्टी रसुवाबीच एकता भएसँगै पार्टी बिलय भएको हो । सोमबार दिउँसो विशेष कार्यक्रम गरी पार्टी एकता भएको हो ।

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ शक्तिका कार्यकर्तालाई स्वागत गर्दै भने, ‘नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले चित्त दुखाउदै सोधे भने आफुहरु कांग्रेसको काखमा गएको बताउनुस् । प्रचण्ड र बाबुरामलाई जंगलबाट काधमा बोकेर शहर पसाएको कांग्रेसकै काखमा आफुहरु गएकोमा अन्यथा नमान्न वहाँहरुलाई सुझाव दिनुहोस ।’

कार्यक्रमका लागि काठमाडौंबाट कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा लगायतका नेताहरु पुगेका थिए ।

रसुवाका नयाँशक्तिबाट प्रदेश सांसद प्रेमबहादुर तामाङसहित नयाँ शक्तिबाट ५ हजार भन्दा बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नयाँ शक्तिका जिल्ला संयोजक फुर्वा वाङ्दी तामाङको नेतृत्वमा नयाँ शक्तिबाट पार्टी एकता भएको हो ।

रसुवाबाट एउटा गाउँपालिकामा नयाँ शक्तिले क्लिनस्वीप नै गरेको छ । यो एकताले केन्द्रमा पनि ठूलै सन्देश दिने बताइन्छ । नयाँ शक्तिका केन्द्रीय संयोजक डा बाबुराम भट्टराई भने नयाँ सोचका साथ देश दौडाहामा छन् ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  २ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।