Logo

प्रमुख समाचार

काँग्रेस शीर्ष नेताहरु फर्किएपछि नयाँ शक्ति रसुवाले निकाल्यो यस्तो विज्ञप्ति



नयाँ शक्ति पार्टी रसुवाले जिल्ला संयोजकको हैसियतमा सोमबार काँग्रेस प्रवेश गरेका फुर्वा वाङ्दी तामाङ जिल्ला संयोजक नभएको दाबी गरेको छ । जिल्ला संयोजक दावा तामाङ रहेको दाबी गर्दै प्रकाशित गरिएको विज्ञप्तिमा फुर्पावाङ्दी तामाङ नयाँ शक्ती पार्टीको संघीय परिषद् सदस्य मात्र भएको उल्लेख गरिएको छ ।

‘नयाँ शक्ति पार्टी रसुवाका आधिकारिक पार्टी संयोजक लगायत जिल्ला कमिटी यथावत रहँदारहँदै नयाँ शक्ति पर्टिका केही व्यक्ति काँग्रेस प्रवेश गर्दैमा आधिकारिक पार्टीको धारणा नबुझी झुटा प्रचार गर्न र आम जनमानसमा भ्रम छर्ने हिसाबले काँग्रेसले बहुदलीय प्रजातन्त्रको खिल्ली उडाउने कार्य गरेकोमा आइन्दा यस्तो गतिविधि नगर्नको लागि यसै मार्फत सूचित गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै नयाँ शक्तिले पार्टी प्रवेश कार्यक्रममा काँग्रेसले नयाँ शक्तिको झन्डा र पार्टीको नाम दुरुपयोग गरेको समेत आरोप लगाएको छ ।यसअघि काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले रसुवाबाट नयाँ शक्तिमा प्रतिनिधित्व गर्ने ४ केन्द्रीय सदस्यसहित जिल्ला संयोजक फुर्वा वाङ्दी तामाङ र नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका थिए ।

नयाँ शक्तिका प्रदेश सांसद प्रेम तामाङलाई नै पार्टीमा प्रवेश गराउने भनेर कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसांक कोइराला, सहमहामन्त्री डा प्रकाश शरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन कुमार थापालगायतका नेताहरू सोमबार रसुवा पुगेका थिए ।

तर तामाङलगायत पार्टी प्रवेश कार्यक्रममा सहभागि नभएपछि फुर्वा वाङ्दीलगायतका नेता कार्यकर्तालाई प्रवेश गराएर नेताहरु काठमाडौं फर्किएका छन् ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ३ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।