काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी पाएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरूको अनुपस्थितिमा दुवै मन्त्रालयको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिएका हुन्।
अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिका भ्रमणमा छन्। यस्तै, जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक ‘प्रि-कोप लिडर्स इभेन्ट’मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल फिजी पुगेका छन्।
दुवै मन्त्री विदेश भ्रमणमा रहेकाले उनीहरू स्वदेश नफर्किएसम्म श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी सम्हाल्नेछन्।




















प्रतिक्रिया