Logo

Sports

२०२८ टी–२० विश्वकप : नेपालले सिधै ग्लोबल छनोट खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२८ मा हुने टी–२० विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ छनोट संरचनाअनुसार नेपालले २०२६ को टी–२० विश्वकप खेलेका कारण आगामी विश्वकपका लागि एसिया क्षेत्रको प्रारम्भिक छनोट खेल्नुपर्ने छैन। नेपालले सिधै ग्लोबल क्वालिफायर खेल्ने अवसर पाएको हो।

नयाँ संरचनाले २०२८ को टी–२० विश्वकपमा पुग्ने नेपालको बाटो केही सहज बनाएको छ। यसअघि विश्वकपमा पुग्न क्षेत्रीय छनोटका विभिन्न चरण पार गर्नुपर्ने अवस्था थियो।
अब भने नेपालले क्षेत्रीय चरण छाडेर ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछ। २०२६ को टी–२० विश्वकपमा सहभागिता जनाएपछि नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो स्थान बलियो बनाएको थियो।

ग्लोबल छनोटमा पनि नेपालले राम्रो प्रदर्शन गर्न सके २०२८ को विश्वकपमा लगातार सहभागिताको सम्भावना बलियो बन्नेछ। नेपाली टोलीका लागि यो निर्णय विश्वकप यात्राको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

कप्तान तथा प्रमुख खेलाडीहरू दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने सहितको टोलीले अब ग्लोबल स्तरको छनोटमा प्रतिस्पर्धा गर्नेछ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार ०७:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।