Logo

शेयर बजार

नेप्सेमा सीईओ छनोट प्रक्रिया अगाडि बढ्यो, चारजनाको नाम सर्टलिस्ट, असोज २३ मा अन्तर्वार्ता



काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि चार जना उम्मेदवार सर्टलिस्ट भएका छन्।

सीईओ छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट आवेदन दिएका आठ उम्मेदवारमध्ये चार जनालाई संक्षिप्त सूचीमा समावेश गरेको हो।

समितिले मंगलबार सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको मिति र समय सार्वजनिक गरेको छ।

सर्टलिस्टमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी छन्।

समितिका अनुसार चारै जना उम्मेदवारको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण आगामी असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ।

नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धामार्फत आठ जनाले आवेदन दिएका थिए। समितिले उनीहरूको योग्यता तथा अनुभवका आधारमा चार जनालाई अर्को चरणका लागि छनोट गरेको हो।

 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार ०८:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।