मेषः
आवेगमा आएर कुनै काम नगर्नु होला,क्षति धेरै वेर्होनु पर्ला । समग्रमा आज गरेका काम धेरै असफल हुने देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गरेर अरुलाई मात्र होला । खर्च बढ्नेछ ।
वृषः
नविन कामको अभ्यास हुनेछ । दैनिक काम काजमा प्रगति हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ । अरुको मुख ताकेर काम नगर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । यात्राको सम्भावना देखिन्छ ।
मिथुनः
काम गर्दा विरोधीको सामना गर्नु पर्ला । काममा प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । मेहनतपूर्वक गरेका काम सफल हुने छ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छ,विचार विमर्श होला ।
कर्कटः
भ्रम चिरेर अगाडि बढ्नु होला । चिन्तन मनन गरेर मात्रै काम बन्ने छैनन,कर्म क्षेत्रमा खरो उत्र्तिणु पर्ला । सवैलाई आफ्नो ठान्नु भयो भने दुख पाईने छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहने छ ।
सिंहः
आलस्यताले सताउने छ । काम गरेर जश कम मिल्ने छ । विदेशको चहाना बढ्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । पारिवारिक खर्च बढ्ने छ । नोकरी तथा राजनीतिमा थोरै सफलता मिल्नेछ ।
कन्याः
काममा ढिला गर्दा आफैलाई घाटा हुनेछ । सामान्तया आज गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट पनि आय आर्जन राम्रै हुनेछ । पराक्रम घट्ने छैन । अधुरा काम फस्र्योछ हुनेछन् । निर्णय क्षमता बढ्ने छ ।
तुलाः
वित्तिय कारोवारमा चनाखो रहनु होला । लेनदेनका विषयलाई लिएर आफन्तसँग नराम्रो हुन सक्छ । लगानीमा जोड नदिनु होला । पढाई लेखाईमा भने प्रगति हुनेछ । कुनै पनि काम गर्दा गोपनियता भङ्ग नगर्नु होला ।
वृश्चिकः
शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।
धनुः
व्यय मार्ग बढि खुल्ला देखिन्छन् । विना उपलब्धिका काममा धन खर्च हुने छ । व्यर्थ भ्रमण हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि खासै उन्नति हुने देखिन्न । बादविवाद पर्न सक्छ । स्वास्थ्य पनि कमजोर हुने छ ।
मकरः
तनावमा आएर कुनै पनि काम नगर्नु होला । धैर्यता पूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आसा गरे भन्दा राम्रो आम्दानी हुनेछ । परिवारबाट पनि सहयोग पाईने छ । बैदेशिक कार्य सम्पन्न हुने छन् ।
कुम्भः
समयमा सुधार आउनेछ । विरोधी शरणमा आउने छन् । अधुरा रहेका काम फस्र्योट हुनेछन् । अध्ययन अध्यापन कार्यबाट लाभान्वित हुनुहुनेछ । उद्याोग पराक्रम बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्ला । सहयोगी भेटिने छन् ।
मिनः
अस्थिर मन लिएर कर्म क्षेत्रमा नजानु होला । अरुका कामलाई प्राथमिकता दिनु भयो भने आफ्ना काम अधुरा रहने छन् । धार्मिक विश्वास भने बढ्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । चिन्ता घट्नेछ ।
प्रतिक्रिया