Logo

खेलकुद

प्रशिक्षकको निर्देशन नमान्ने गोलकिपरमाथि कारबाही



कारबाओ कपको फाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा प्रशिक्षक माउरीजियो सारीको निर्देशनलाई नमानेका चेल्सीका गोलकिपर केपा एरीजाबालागालाई कारवाही गरिएको छ ।

विम्लेमा भएको फाइनलमा सिटीविरुद्ध खेलको अन्तिममा चोट लागेको भन्दै प्रशिक्षक सारीले उनलाई रिप्लेस गर्न खोज्दा नमानेपछि मैदानमा ठूलो नाटक भएको थियो । केपाको एक साताको तलब काटिएको छ भने माफी माग्न लगाइएको छ ।

उनको स्थानमा अर्का गोलकिपरलाई रिप्लेस गर्ने भनेर प्रशिक्षक सारीले तयारी गर्दा केपाले मैदान भित्रबाट नै आफूलाई रिप्लेस नगर्न भन्दै अटेर गरेका थिए । जसका कारण मैदानमा उपस्थित समर्थक मात्र होइन फुटबल जगतमा नै बहसको विषय बनेको थियो । उनले प्रशिक्षकको निर्देशन पालना नगर्नु गल्ती भएको फुटबल विश्लेषकले बताएका छन ।

गोलकिपर केपाको ब्यवहारले सारी निकै रुष्ट भएका थिए र उनले प्लेयर बक्समा आफ्नो रिस पोखेका थिए । तर खेलपछि प्रशिक्षक सारीे आफू दुईबीच बैचारिक विभेद भएको बताएका थिए । साथै उनले केपाले ठूलो गल्ती गरेको समेत बताएका थिए ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  १ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।