धनगडी उपमहानगरपालिका देशभरीकै उत्कृष्ट बन्न सफल भएको छ । नगरविकास कोषले देभरका २ सय १७ नगरपालिका मध्ये धनगडी उपमहानगरलाई कार्यसम्पादन र कार्यान्वयनमा उत्कृष्ठ घोषित गरेको हो ।
नेकपाका जनप्रतिनिधी बद्नाम बनिरहेका बेला कांग्रेस नेता नृपबहादुर वडले नेतृत्व गरेको उपमहानगर उत्कृष्ट बन्न सफल भएको हो । नगर विकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उपमहानगरपालिकालाई सम्मान गरेको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सम्मानपत्र प्रदान गरिएको छ । शहरी विकासमन्त्री महम्मद इश्तियाक राईले उपमहानगर प्रमुख वडलाई प्रमाणपत्र प्रदान गरेका हुन् । धनगढी उपमहानगरपालिका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले चुनाव लडेको क्षेत्र समेत हो ।
उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान ग्रहण गर्दा आफूहरूलाई थप हौसला प्राप्त भएको नगर प्रमुख वडले बताए । उनले कार्यसम्पादनका उत्कृष्ट काम गर्न सहयोग गर्ने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद दिए ।
प्रतिक्रिया