Logo

प्रमुख समाचार

सत्यमान भन्छन् : बिनालगानी गुण्डाहरुलाई शेयर नदिनु अपराध हो ?



केही दिन अगाडि एकाएक अनलाइन मिडियामार्फत सामाजिक संजाल फेसबुकमा भाइरल भएका काभ्रेका सत्यमान लामाले नियोजित रूपमा गुण्डा नाइकेको रूपमा प्रस्तुत गरेर चरित्र हत्या गरेको बताएका छन्।

उनले सामाजिक संजाल फेसबुक मार्फत भनेका छन “म र मेरो विरुद्धमा केही अनलाइन समाचारहरु ले नियोजित रुपमा मैले बोल्दै नबोलेको, भन्दै नभनेको कपोलकल्पित एबं भ्रमपुर्ण समाचार प्रकाशित गरि चरित्र हत्या गर्न खोजिएको छ भने एक सामान्य ब्यबसायी लाई गुण्डा नाइकेको रुपमा चित्रण गर्न खोजिएको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

बिना प्रमाण कपोलकल्पित एबं भ्रमपुर्ण समाचार प्रकाशन नगर्न नगराउन र पत्रकारिताको मर्म बुझिदिनुहुन सम्पुर्ण मिडियाकर्मी साथीहरूलाई अनुरोध गर्दछु। यस्ता नियोजित समाचार बाट भ्रम मा नपर्न सम्पुर्ण मा अनुरोध गर्दछु।”

काभ्रेको तेमाल गाउँपालिका चुखाबेशी स्थित सुनकोशी नदिको बालुवाको टेन्डर हातमा लिएका लामाले स्थानीय गुण्डाहरुले बिना लगानी शेयर मागेको र आफुले अस्वीकार गर्दा काममा अवरोध गरेको भन्दै बनेपामा पत्रकार सम्मेलन गरे। त्यसको भोलिपल्ट चुखाबेशीमा अर्को समुहले पत्रकार सम्मेलनको आयोजना गर्यो। त्यसपछि मिडियाबाजि सुरुभयो।

केही पत्रकारहरु अस्वभाविक रुपमा सत्यमानको विरुद्धमा हात धोएरै लागे। पक्ष र विपक्षमा समाचार देखिए। उनलाई गुण्डा नाइकेको रुपमा प्रस्तुत गरियो। आफुले गाउपालिका सङ्ग गरेको साझौता अनुसार काम गर्न पाउनुपर्ने सत्यमानको माग थियो भने स्थानियहरु उनलाई जसरी पनि रोक्नुपर्ने मा अडानमा छन।

उनले फेसबुक मार्फत भनेका छन “देश भित्रै लगानी गरेर समृद्ध नेपाल निर्माणमा होमिएका हामी जस्ता निर्माण व्यावसायि कोहि कसैको दबाब र प्रभाबमा रोकिने छैनौं। निर्माण ब्यबसायी को लगानीको ग्यारेन्टी नेपाल सरकारले प्रत्याभूति गराउनुपर्छ। कसैको ब्यक्तिगत स्वार्थको निमित्त ब्यबसायीको लगानी डुबाउने तिर सरकार नै उद्दत देखियो भने समृद्ध नेपाल निर्माणको सपना कदापी पूरा हुने छैन। बेलैमा सम्बन्धित सबैको ध्यान पुगोस।” उनको भनाई राज्यले लगानीको वातावरण बनाउनुपर्छ भन्ने प्रस्ट बुझ्न सकिन्छ।

उनले फेरि लेखेका छन ” बिना लगानी कसैलाई शेयर नदिनु अपराध हो भने म अपराधी हु। होइन भने आज सम्म कसैको एक रुपैया खाएको छैन। निस्पक्ष भएर सोच्नुस आज सम्म कसैलाई नराम्रो गरेको छैन। मेरो मेहनतले कमाएको पैसा दिएन भन्दैमा सामान्य ब्यबसायीलाई गुण्डा नाइके भन्ने अधिकार कोहि कसैलाई छैन। गुण्डागर्दी जस्तो घृणित कार्यको एउटा सबुत प्रमाण मात्रै पेस गर्नुस म जस्तोसुकै सजाय भोग्न तयार छु।”

यो स्ट्याटस बाट उनले गुण्डागर्दीको आरोप प्रमाणित गर्न चुनौती दिएका छन भने आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार भएको बताएका छन। नाम नबताउने सर्तमा काभ्रेका एक स्थानिय भन्छन “सत्यमान गुण्डा होइनन व्यापारी हुन। उनलाई गुण्डा मान्ने हो भने काभ्रेको घर घरमा उनिजस्ता गुण्डा भेटिन्छन।”

स्थानीय प्रदिप लामा को भने फरक मत रहेको छ। उनले भने “सत्यमान खासगरी बुद्धचित्त माला ब्यापारी हो। माला बेच्ने समयमा काभ्रेका नाम चलेका गुण्डा देखि नेता सम्मको चलखेल हुन्छ। कसैको कारण आफ्नो लगानी डुब्न लाग्यो भने चाहिँ उनले गुण्डा प्रयोग गर्छन तर आफैमा गुण्डा चाहिँ होइनन।”

अपराध विश्लेषक सौरभ भण्डारी भन्छन “आजभोली गुण्डा नाइके भनेर मिडियाले लेखेपछि प्रहरीले त्यसैलाई आधार बनाएर तारो बनाउछ। त्यसमाथि मिडियाले प्रहरीपनि गुण्डा नाइके सङ्ग मिल्यो भनेपछि प्रहरी झनै चिढिन्छन।

यहाँ त्यस्तै देखिएको छ। सत्यमान निकट सांसदलाई सत्यमानले गाडी किनिदिएको भन्दै हिडेको भनेर नेताहरुलाई पनि रुष्ट पार्न खोजिएको देखिन्छ। समग्रमा उनलाई सबैबाट अलग्याएर प्रहरीले ठुलै कारबाही गरोस भन्ने देखिन्छ।”

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ३ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।