Logo

समाचार

दुई तिहाइको सरकारले गुणात्मक शिक्षाको जिम्मा लिनुपर्छ : उपाध्यक्ष सेढाई



नेपाल ब्यापार संघ नुवाकोटकी उपाध्यक्ष रुकमणी सेढाईले शैक्षिक नतिजा परिणाममुखी बनाउन आग्रह गरेकी छन् ।मंगलबार नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३३औं बार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा क्याम्पस भित्रको शिक्षालाई गुणात्मक र परिणाममुखी बनाउन शिक्षण विद्यार्थी र अभिभावक सबैको समान भुमिका रहने बताएकी हुन् ।

उनले आफ्नी माइजु सान्नानी सेढाई को स्मृतिमा अक्षयकोष समेत स्थापित गरेकी छन् । क्याम्पसमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई जनही दुई हजारका दरले पाँच जनालाई छात्रवृत्ति बितरण गरेकी थिइन् ।

सेढाईले भनिन्, ‘नेपालमा हालै भइरहेको शिक्षा केवल सैद्धान्तिक मात्र भएकाले लाखौं युवाहरु बेरोजगार बन्नु परेको छ । हालै भएको शैक्षिक प्रणालीलाई परिवर्तन गरि व्यवहारिक शिक्षा आजको आवश्यकता भएकाले, यो दायित्व हालै दुई तिहाइको सरकारले गुणात्मक शिक्षाको जिम्मा लिनुपर्छ ।’

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ३ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।